दफा १७
खेलकूद सम्बन्धी संस्थाले हिसाबको श्रेस्ता, राख्नु पर्ने

(१) खेलकूद सम्बन्धी संस्थाले आफ्नो आम्दानी खर्चको हिसाबको श्रेस्ता परिषद्ले तोकिदिएको ढाँचामा राख्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम खेलकूद सम्बन्धी संस्थाले राखेको श्रेस्ताको जाँचबुझ परिषद्ले जहिलेसुकै पनि गराउन सक्नेछ ।

(३) परिषद्ले उपदफा (२) बमोजिम खेलकूद सम्बन्धी संस्थाको श्रेस्ताको जाँचबुझ गर्दा गराउँदा आम्दानी खर्चको हिसाब किताब अनियमित भएको वा रकम हिनामिना भएको देखिएमा त्यसरी अनियमित भएको हिसाब किताब नियमित गर्न लगाउन र हिनामिना भएको रकम सम्बन्धित व्यक्तिबाट असूल उपर गर्न गराउन आवश्यक कारवाही चलाउनु पर्नेछ ।